९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ। 

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गरेकाहरुमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) छन्।

सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्छ। मौजुदा केन्द्रीय कार्यसमितिमा महिलाको उपस्थिति ३३ प्रतिशत नभएकाले उनीहरुलाई मनोनित गरिएको हो।

प्रकाशित: ३१ श्रावण २०७९ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App