१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरको आरतीमा सहभागी

फाइलतस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गई दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन्।

मूल मन्दिरभित्र प्रवेश गरि राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उनी सहभागी भएकी थिइन्। राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आएकी छन्। साउनको चौथो सोमबार आज विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्। आज बेलुकीसम्म पनि भक्तजनको भीड रहेको छ। बेलुकी पानी परेकाले भक्तजनलाई केही बाधा पुगेको थियो।

पशुपतिनाथमा आज १६० जनाले विशेष पूजा गरेका छन्। साउनको सोमबार सात हजार ५०० को विशेष पूजाको रसिद काट्ने गरिएको छ।

प्रकाशित: २३ श्रावण २०७९ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App