१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छुः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गरेका हुन्। उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए। अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे। 

उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए।

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उद्घोष गरे। उनले शुक्रबार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताए। उनले अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी उक ठाउँमा हनुपर्ने आवश्यक्ता भएको बताए।

अध्यक्ष नेपालले नेपाली काँग्रेसमा हामी नै सबैथोक हौँ परेको आशंका व्यक्त गर्दै अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताए। उनले नेकपा एमालेप्रति इंगित गर्दै आफू सर्वेसर्वा हूँ भनिरहेको र यही प्रवृतिले देश बिगारीरहेको उल्लेख गरे।

प्रकाशित: १९ श्रावण २०७९ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App