१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अमेरिका एक चीन नीतिविरुद्ध गयोः नेकपा

नेपालका कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धाराणा राखेका छन्। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरुले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन्। 

अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधबार ताईवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरित् भएको बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनिबिरोधी गतिविधिहरु गरेको यो पहिलो पटक नभएको बताए। 

उनले अमेरिकी संसदको सभामुखले ताईवानको प्रमुख शहर ताईपेईको भ्रमण गर्नु एक चीन नीतिबिरुद्ध भएको भन्दै नेपालले एक चीन नीतिको पक्षमा रहनुपर्ने बताए। अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि सारेर चीनबिरुद्ध गतिविधि गरिरहेको बताए। उनले अमेरिका चीनको बढ्दो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न राष्ट्रमा घुसेर चीनिबिरुद्धका गतिविधि गरिहरेको बताए।

त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीनबिरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको बताए। उनले चीनलाई घेर्ने अमेरिकी रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको बताए। अध्यक्ष कट्टेलले नेकपा एक चीन नीतिको पक्षमा आफूलाई दृढताका साथ अघि बढाउने स्पष्ट पारे। उनले अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इण्डो अमेरिकी हीतमा समर्पित भएको संकेत गरेको आरोप लगाए। उहाँले सरकार नेपालको हीतलाई छोडेर शक्तिको हीतमा समर्पित रहेको बताए।  

अध्यक्ष कट्टेलले प्रशान्त क्षेत्रीय रणनीतिक अन्तर्गतको हेड क्वार्टर नेपाललाई बनाउन नुवाकोट र पाल्पामा ठूलो मात्रामा जमीन किन्न लागेको बताए।

प्रकाशित: १९ श्रावण २०७९ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App