१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेकपा महासचिव विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर जिल्ला अदालतले  विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायत आधा दर्जनभन्दा बढी शीर्ष नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।  

जिल्ला अदालतले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको हो।

उनीहरुलाई ३५ दिन भित्र अदालतमा उपस्थित हुन भनिएको छ। चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय देशभर नै विभिन्न हिस्रक घटना घटाउँदै आइरहेको थियाे। 

प्रकाशित: १६ श्रावण २०७९ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App