४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश नामाकरण विवाद: मुख्यमन्त्रीको अभिव्यक्तिबारे संसदमा जवाफ दिन माग

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केहि दिन पहिले प्रदेशको नामाकरणको सन्दर्भमा दिएको अभिव्यक्ती प्रति नेकपा एमालेका सांसदहरूले आपत्ती जनाएका छन्। सोमबारको प्रदेसभा बैठकमा सांसदहरूले मुख्यमन्त्रीले पदिय मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएका हुन्।

उनीहरूले मुख्यमन्त्री राईको अभिव्यक्ति मान्छे उचाल्ने र सामाजिक सद्भाव भड्काउने खालको भएको भन्दै सांसदहरूले विरोध गरेका छन्। प्रदेश सभाको शून्य समयमा एमाले सांसद बिनादेवी राईले विपक्षमा रहँदा नामाकरण छिटो गर्नु पर्‍यो भन्ने दलहरू नै अहिले नामाकरणका विषयमा मौन रहेको बताइन्। मुख्यमन्त्रीले जसरी पनि प्रदेशको नाम किराँत बनाउँछु भनेर जनतालाई उचाल्ने काम गरेको र हिंसा भड्काउन खोजेको  उनको आरोप छ। राईले जसरी पनि किराँत नाामाकरण गर्छु भन्ने मुख्यमन्त्रीले किन संसदमा नामाकरणको विषय टेवुल नगरेको? भन्दै प्रश्न गरिन्। 

उनले भनिन्, ‘जसरी पनि किराँत नामाकरण गर्छु।  छिट्टै  नामाकरण गर्छु  भन्ने मुख्यमन्त्रीले आज जनता सडकमा आन्दोलित हुँदा नामाकरणको विषय किन टेबुल नगरेको?’ उनले  जनताहरूको भावना अनुसार तत्काल प्रदेश १ को नामाकरण गर्न समेत माग  गरिन्।  

एमालेका सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्रीको केही समयदेखि यता आएको अभिव्यक्तिले मुलुककै ध्यान केन्द्रित भएको बताए। उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुक उथलपुथल हुन्छ भनेर भन्न पदिय मर्यादाको हिसावले नमिल्ने बताए। 

मुख्यमन्त्रीले सामाजिक, जातीय सद्भाव भड्किने र अरु पहिचानलाई असर पार्ने अभिव्यक्ति दिएको बारे संसदमा जवाफ दिन अधिकारीले माग गरे।  ‘सामाजिक जातीय सद्भाव भड्किने गरी अरु पहिचानवालालाई असर पर्ने गरी जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिन हुन्छ कि हुँदैन? यसबारे मुख्यमन्त्रीले संसदमा जवाफ दिनुपर्छ ’ उनले भने। प्रदेश १ का मुख्यमन्त्री राईले मुख्यमन्त्री कार्यालयमै ज्ञापनपत्र बुझाउन गएका किराँत राई यायोख्खा र लिम्बुवान–किराँत संयुक्त संघर्ष समितिलाई सम्बोधन गर्दै भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए।

प्रकाशित: ९ श्रावण २०७९ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App