४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँदिल्ली पुगे अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारत नयाँदिल्ली पुगेका छन्। तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो उनी नेपाल एयरलाइन्सको विमानमार्फत स्वकीय सचिवहरू छोरी गंगा दाहाल र रमेश मल्लसहित नयाँदिल्ली पुगेका हुन्।

उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टी(भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए। त्यस्तै उनको स्वागतमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा, नेपाली राजदूतावासका अधिकारी तथा भारत सरकारका उच्च अधिकारीहरू र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो।

उनी भाजपा अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्नेछन् । उनी साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: ३१ असार २०७९ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App