५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन सरकार सत्ता स्वार्थमा केन्द्रित: राप्रपा नेपाल अध्यक्ष थापा

पत्रकार सम्मेलनमा कमल थापा।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकार सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाएका छन्। शेरबहादुर देउवा नेतृत्वमा पाँच दलिय गठबन्धन सरकार बनेको एक वर्ष पूरा भएको दिन बुधबार गोरखामा पत्रकार भेटघाटका क्रममा उनले भने, ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनताको अपेक्षा पुरा गर्न सकेन।’ शान्ति, स्थायीत्व, समृद्धी जनताले प्राप्त गर्न नसकेको बताउँदै उनले भष्ट्राचार, अस्थिरता, मंहगी बढेको बताए।

सर्वसत्ताबादी ढंगले सरकार सञ्चालन भईरहेको बताउँदै उनले बाह्य शक्तिको प्रभाव पनि देखिएको बताए। ‘सरकार संवैधानीक भन्दा पनि निरङकुश देखियो’ उनले भने ‘बिगतका कमिकमजोरी सुधार गरेर अघि बढ्नुको साटो संविधानको दुरुपयोग भएको छ।’  

नागरिकता संम्बन्धी संसदमा पेश भएको बिधेयक फिर्ता लिएर सिमित दल र ब्यक्तिको चुनावी स्वार्थमा सरकार लागेको राप्रपा नेपालका अध्यक्ष थापाले आरोप लगाए। सर्बदलिय र सर्वपक्षिय रुपमा नागरिकता बिधेयक ल्याउनुपर्नेमा उनले जोड दिए।  

राप्रपा नेपाल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, लोकतान्त्रीक हिन्दुराष्ट्र, संघिय र स्थानीय दुई तहको सरकारको पक्षमा रहेको बताए। आउँदो प्रदेश र संघिय निर्वाचनमा राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्ने दावी गर्दै उनले नेकपा एमाले सँग चुनावी तालमेल हुन सक्ने संकेत गरे।  

राजसंस्थाको बारेमा पुर्नबिचार गरेको खण्डमा राप्रपा सँग एकता हुने बाटो खुल्ला रहेको बताउँदै उनले भने ‘राजसंस्थाप्रति सम्मान छ तर अहिले हाम्रो राजनीतिक ऐजेण्डा राजसंस्था होईन।’

राप्रपा नेपाल पार्टी गठनपछि पहिलो पटक गोरखा आएका थापाले ७७ वटै जिल्लामा पार्टी संगठन तयार भएको बताए। सबै प्रदेश राजधानीमा वर्तमानको चुनौती र बिकल्पको बारेमा अन्तरक्रिया, अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सकिएको उनले जानकारी दिए। ‘भदौ भित्र सबै वडा स्तरमा, कात्तिक मसान्त सम्म सबै स्थानीय तहमा पार्टीको संगठन इकाई बनाउने महत्वकांक्षी लक्ष्य लिएर हिँडेका छौँ’ उनले भने। थापा कार्यकर्ता प्रशिक्षणका क्रममा बुधबार गोरखा आएका हुन्।

प्रकाशित: २९ असार २०७९ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App