१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था गर्नुपर्छ: सांसद पोखरेल

फाइल तस्बिर

नेकपा(माओवादी केन्द्र)कि सांसद विना पोखरेलले दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने बताएकी छिन्।  

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने बताएकी हुन्।  

देशमा ठूलो राजनीतिक परिवर्तन भएपनि दलित समुदायमाथि हुने अपमान र अमानविय व्यवहारहरुको अन्त्य हुन नसकेको उनको भनाई थियो। उनले अझैपनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा रहेको भन्दै त्यस्तो संस्कारगत चेतनालाई बदल्न राज्यले प्रभावकारी अभियान चलाउनुपर्ने बताइन्।

प्रकाशित: २८ असार २०७९ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App