समायोजित सेनाको मागप्रति सकारात्मक छु: अध्यक्ष दाहाल
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्।
‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’
नेकपा(माओवादी केन्द्र)कि सांसद विना पोखरेलले दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने बताएकी छिन्।
माओवादीले सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्नसक्ने सडकको निर्माण गर्ने, सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाउने तथा सञ्चार सुविधाको विस्तार गर्ने विषयलाई केन्द्रमा राखेको छ।
नेकपा(माओवादी केन्द्र)ले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ।
नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए।
नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराए। यही पुस ११ गतेदेखि शुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आइतबार खुल्लातर्फ १११ र समावेशीतर्फ १२५ गरी २३६ केन्द्रीय सदस्य चयन गरेको थियो।
स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेका प्रश्नका जवाफ दिएपछि विधान पारित गरिएको हो।
जारी महाधिवेशनले नै सबै कुरा पूर्ण नहुने भन्दै उनले वैचारिक विकासको भने सुरुवात भएको बताए। चुनावपछि विशेष अधिवेशन गरेर विचारलाई अझ विकसित गर्ने उनको भनाइ थियो।
नेकपा(माओवादी केन्द्र)को बन्दसत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ। हिजो उद्घाटन सत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको थियो।
माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौं महाधिवेशनले गर्नेछ। देश, जनताको विश्वासलाई कुन रूपमा माओवादीले सम्बोधन गर्ला भन्ने यतिबेला आम जनमानसमा चासो छ।
देशलाई स्थायित्व दिन र समाजवादतिर लैजाने उद्देश्य राखेर एकता गरिएको उनले स्पष्ट पारे। पार्टी एकता गरेर गल्ती नगरेको जिकिर गर्दै उनले समीक्षा आवश्यक रहेको बताए।
यसअघि पनि विभिन्न दातृ राष्ट्र तथा निकायले दिएको सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष दाहालले एमसिसी सम्झौतामा उठेका प्रश्नको भने निरुपण हुनुपर्नेमा जोड दिए।
उनले माओवादी कमजोर भयो भने देश कमजोर हुने भएकाले माओवादीलाई बलियो बनाउनुपर्ने सन्देश देशभर गएको दाबी गर्दै हिमालदेखि तराईसम्मबाट पार्टी प्रवेश गर्नेहरुको संख्या बढिरहेको बताएका हुन्।
‘नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु,' उनले भने, 'त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो। हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो। त्यसकारण हामी अहिले यहाँ छौँ।’