४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्डद्वारा गठित पोलिटब्यूरोका सदस्यहरुको नाममा विवाद, माओवादी बैठक स्थगित

नेकपा माओवादी केन्द्रले गठन गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित केहीबेरका लागि गरिएको छ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरोमा परेकाहरुको नाम पढेर सुनाएका थिए। तर बैठकमा सहभागी नेताहरुले सार्वजनिक नामको विरोध गरेपछि प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

प्रचण्डले  उक्त नामहरुको २ ३ वटा लिस्ट भएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको बताउँदै स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाउने बताएका छन्।

प्रकाशित: २३ असार २०७९ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App