२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसी दलको अबरोधका कारण संसद बैठक स्थगित

काठमाडौं–व्यवस्थापिका संसद बैठक मधेसी दलको अबरोध गरेका कारण बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलले पुरानो सरकारले ल्याएको संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक अगाडि बढाउन आग्रह गरेका थिए।पौडेल बोलिरहेको अवस्थामा मधेसी दल र साना दलका सांसदले आफूहरुले बोल्न पाउनु पर्ने अडान राखेका थिए। सभामुख ओनसरी घर्तीले पालै पालो सबैलाई बोल्न दिने बताएपछि मधेसी दलका सभासदले रोष्ट्रम घेराउ गरेका थिए। उनीहरुले हिजो राति सप्तरीमा भएको घटनालाई लिएर गृहमन्त्रीको राजीनामा माग गरेका छन्। मधेसी दलको अबरोधपछि संसद बैठक बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित: ६ मंसिर २०७२ ००:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App