बामदेव गौतमले नयाँ पार्टी खोलेको घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उनले 'नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान' नामक पार्टी खाेलेकाे घोषणा गरेका हुन्।
पार्टीमा ७५ सदस्यीय केन्द्रीय सदस्यलाई समेटिएको छ। पार्टी अध्यक्षको रुपमा वामदेव गौतम रहेका छन् भने सचिवमा डबी कार्की रहेका छन्। घोषणा भएको दलमा वामदेवका छोरा हरिसदेव र श्रीमती तुल्सा थापा पनि केन्द्रीय सदस्य बनेका छन्।
प्रकाशित: १४ असार २०७९ १०:२० मंगलबार