२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

दाहालको चीन भ्रमणले वामपन्थी एक: कोइराला

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्किएपछि नयाँ सरकार गठनको आधार तयार भएको बताएका छन् ।


उनले त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष दाहालबीच पहिले रहेको तिक्तता पनि त्यसपछि हटेको दावी गरे ।

लोकतन्त्र तथा अनुसन्धान मञ्चले आईतबार 'प्रजातन्त्रको संस्थागत विकासमा वर्तमान संविधानको भूमिका र त्यसको कार्यान्वयनको चुनौति' सम्बन्धी गरेको अन्तरक्रियामा कोइरालाले चैतको अन्तिमतिर दाहालको चीन भ्रमणपछि सबै वामपन्थीहरु एकठाउँमा उभिने वातावरण बनेको दावी गरे ।

उनले दाहालले चीन भ्रमणबाट फिर्ता भएलगत्तै ओली नेतृत्वमा सरकार बनाउन आफुसँग पनि प्रस्ताव राखेको खुलाए ।

'मलाई बोलाएर उहाँ(दाहाल)ले सुशील कोइरालाको विकल्प खोज्नुपर्यो भनेर भन्नुभयो,'कोइरालाले भने,'तर मैले त्यसबेला नै संविधान नवनि विकल्प खोज्न नहुने बताएको थिएँ ।'

कांग्रेस र एमाले एउटै सरकारमा रहँदा लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास हुने कुरा आफुले पहिले पनि बताएको धारणा राखे ।

उनले वामपन्थी दलहरुको दवावका कारण संविधानको प्रस्तावनामा बहुलवाद शब्द राख्न नसकिएको बताए ।

कोइरालाले कांग्रेसले संसदीय व्यवस्था नछाड्ने र एमाओवादीले राख्नै नमानेपछि सुधारिएको संसदीय व्यवस्थामा सम्झौता गर्नुपरेको बताए ।

प्रतिनिधिसभा पूर्ण निर्वाचित हुनुपर्ने प्रस्ताव आफुहरुको रहेपनि त्यसमा पनि कांग्रेस सफल हुन नसकेको बताए ।

कोइरालाले मधेसको समस्या समाधानका लागि कांग्रेस पनि एमालेको चंगुलमा परेर फसेको दावी गरे ।

उनले केहीदिन रोकेर भएपनि मधेसवादीलाई सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्ने भएपनि एमालेले नमानेको बताए ।

कोइरालाले मधेसको समस्या र भारतको सम्बन्धलाई एकैठाउँमा राखेर हेर्न नहुने धारणा राखे ।

'मधेस र मधेसीलाई हेर्ने दृष्टिकोण र चस्मा फेरेर नयाँ तरिकाले हेर्नुपर्छ,'उनले भने,'सीमाको सुरक्षा अहिलेसम्म मधेसीले नै गरेका छन् । भारतीयहरुसँग उनीहरु नै लडेका छन् । मधेसी समुदायलाई उपेक्षा गर्न मिल्दैन ।'

प्राध्यापक ध्रुवलाल पाण्डेले संविधानसभामा वामपन्थीहरुको वर्चस्व रहेकाले पनि कांग्रेसले भनेजस्तो संविधान बन्न नसकेको धारणा राखेका थिए ।

प्रकाशित: २२ कार्तिक २०७२ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App