१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

'सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउँदा राष्ट्रियता बलियो हुँदैन'

नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा राजनीतिक दलहरुका बीचमा साझा धारणा बनाउनुपर्ने बताएकी छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरुको साझा धारणा बन्नुपर्ने बताएका हुन्। उनले सत्तामा हुँदा राष्ट्रियता बिर्सेर विदेशीलाई खुसी पार्ने अनि प्रतिपक्ष भएपछि गाली र आलोचना गर्ने प्रवृत्ति रहेको भन्दै कुनैपनि विषयमा साझा राष्ट्रिय धारणाको आवश्यकता रहेको बताइन्। उनले परराष्ट्र नीति र वैदेशिक सम्बन्धका बारेमा राष्ट्रिय नीति आवश्यकता रहेको जिकिर गरिन्।

उनले भनिन्, ‘सबैभन्दा धेरै सोच्नुपर्ने कुरा के छ भने यो अझै एमसीसीकै पार्ट हो भनेर पनि आइराखेको छ। यस सम्बन्धमा हामीले के सोच बनाउनुपर्‍यो भने हामी यदी जिम्मेवार राजनीतिक पार्टीहरु हौँ भने सोच बनाउनुपर्‍यो, कुनै कुरो अन्तर्राष्ट्रिय हिसाबले छलफल गर्ने, कुनै सम्झौता, सन्धि गर्न जाने बेलाभन्दा अगाडि नै कम्तिमा राष्ट्रिय स्तरका दलका सम्पूर्ण नेता राखेर, बसेर छलफल गरेर जानुपर्‍यो र एउटा हाम्रो आफ्नै राष्ट्रिय धारणा बन्नुपर्‍यो।’

उनले सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउने हो भने नेपालको राष्ट्रियतालाई बलियो बनाउन नसकिने बताइन्।

प्रकाशित: ३ असार २०७९ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App