१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समितिमा सत्ता गठबन्धन विजयी

सत्ता गठबन्धनका तर्फबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा विजयी पदमबहादुर कलेल। तस्बिरः पुष्पराज/नागरिक

जिल्ला समन्वय समिति कैलालीको आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

समितिको प्रमुखमा कांग्रेसका पदमबहादुर कलेलले १३ मत पाएर  विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाए। उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका छन्। उनले १३ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजेन्द्र खनालले १२ मत पाए।

यस्तै जिल्ला समन्वय समितिको सदस्यमा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, माओवादीबाट दिलु कामी र नागरिक उन्मुक्ति पार्टीबाट सरिता भुल विजयी भएका छन्।  

खुल्लातर्फ एमालेका मानबहादुर साउँद र कांग्रेसका तेजबहादुर चन्दको समान १२ मत आएकोमा गोलाप्रथा गर्दा चन्द विजयी भए। यस्तै नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल र माओवादीकी पार्वती बिकको समान मत आएकोमा गोलाप्रथामा एमालेकी सरिता विजयी भइन्।  

कैलालीमा सत्ता गठबन्धनअन्तर्गत कांग्रेस, माओवादी र एकीकृत समाजवादीले मिलेर उम्मेदवार उठाएका थिए। सत्ता गठबन्धनको १३ मत भए पनि भ्रष्टाचार मुद्दाका कारण माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएनन्। उपाध्यायले मतदान गर्न नपाउँदा सत्ता गठबन्धनसँग १२ मत मात्रै थियो।

गठबन्धनलाई धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार भएर विजयी भएका गोपाल हमालले पनि साथ दिँदा १३ मत पुगेको हो। यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो। ती दुवै पार्टीसँग पनि १२ मत थियो।

प्रकाशित: ३० जेष्ठ २०७९ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App