१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

उपसभामुख पद खारेज गराैं: सांसद सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढछ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे। उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ती भएन पनि उनले प्रश्न समेत गरे। 

सांसद सिंहले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरुलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराए। सरकारलाई नचाहिने यो समिति राखिरहनुको औचित्य नभएको उनको दाबी छ। 

सांसद सिंहले भने, ‘बास्तवमा हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजिरहेका छौं। यहाँ यदि उपसभामुख चाहिएन भने उपसभामुख पदनै खारेज गराैं। चाहियो भने उपसभामुख नियुक्ती आजसम्म किन भएन? उपसभामुखको कारणले खर्च बढछ भने उपसभामुख पद खारेज गरौं। दोस्रो, प्रतिनिधिसभा अन्तरगतकै राज्य व्यवस्था तथा सुशासन समिति छ। त्यो पनि चाहिएन भने त्यसलाई पनि खारेज गराैं। त्यहाँ रहनु भएका सांसदहरुलाई अर्को समितिमा पठाउन पनि म सभामुखजीलाई आग्रह गर्दछु। यी दुईटाको औचित्य र आवश्यक छैन भने किन राख्ने? उपसभामुख पद पनि हटाऔं। राज्य व्यवस्था समिति पनि हटाऔं। किनकी सरकारलाई त यी समितिहरु चाहिँदै चाहिदैन। तेस्रो कुरा, बागमतीको सर्लाहीको बरहथवा वडा नम्बर १ मा बागमतीको कटान तीव्र रुपमा भईरहेको छ। त्यहाँ तत्काल तटबन्ध भएन भने हजारौं जनता उठिबास लाग्ने देखिन्छ।’

सांसद सिंहले बागमती नदीको कटानका कारण सर्लाहीको बरहथवा वडा नम्बर १ को बस्ती जोखिममा परेको भन्दै त्यसको सुरक्षाका लागि तत्काल तटबन्ध निर्माण गर्न सरकारलाई दवाव दिए।

प्रकाशित: २५ जेष्ठ २०७९ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App