२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

भीडमा गोली चलाउने आदेश छैन: गृहमन्त्री

गृहमन्त्री बालकृण खाँणले बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति छानविन गर्न सरकारले छानविन समिति बनाएको बताएका छन्। 

सो घटनाको छानविन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रव खड्का रहेको पाँच सदस्यीय छानविन समिति बनाइएको उनले जानकारी दिए। 

उनले नागरिकहरुले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नदिने स्पष्ट पारे। सो घटनामा पनि गोली चलाउनका लागि आदेश नदिइएको उनले बताए। नागरिकहरुको आन्दोलनलाई सर्वपक्षिय या सर्वदलिय छलफल गरेर समस्या सम्बोधन गर्न लाग्ने सरकारको नीति रहेको उनले बताए। 

उनले भने,  ‘त्यहाँको प्रमुख जिल्ला अधिकारीले गोली चलाउन नदिएको उहाँको धारणा छ। नागरिकहरुको यस्तो अवरोधहरु, भीडहरुमा गोलि चलाउने अहिले आदेश छदैँ छैन। म यो रोष्टमबाट भन्न चाहान्छु। नेपाल सरकारको, गृहमन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने। बरु सर्वपक्षिय या सर्वदलिय मिटिङहरु गरेर समस्यालाई सम्बोधन गर्ने। कमभन्दा कम शक्ति प्रयोग गर्ने। गोली प्रहार गर्ने त आदेश नै छैन। त्यहाँ सिडियोले पनि स्थानीय तहमा आदेश दिएको थिएन भन्नुहुन्छ उहाँ। तर त्यहाँ गोली चलेको छ।’

उनले छानविन समितिले दिएको रिपोर्ट अनुसार गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे। नागरिकको जिवन रक्षा सरकारको पहिलो दायित्व भएको उनले बताए।

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App