४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाहाल र नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएः छविलाल विश्वकर्मा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनसम्म सत्तारुढ गठबन्धन टिक्ने अवस्थामा नरहेको दावी गरेका छन्।

नेता विश्वकर्माले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएको पनि बताए। १७ औं जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेभित्र प्रधानमन्त्री कसैलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको तर गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न दाहाल र नेपालले सो हल्ला फिजाएको बताए।

स्थानीय तह निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षा अनुसार नतिजा आउन नसकेको भन्दै नेता विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनमा भने पार्टीको सिंगो शक्तिलाई परिचालन गरेर अघि बढ्ने बताए।

नेता विश्वकर्माले पार्टीभित्र असन्तुष्ट नेता, कार्यकर्ताको मागलाई सम्बोधन गरेर आफूहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्ने बताए।

प्रकाशित: २१ जेष्ठ २०७९ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App