१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा नेकपा एस पाँच र काँग्रेस–माओवादी दुई–दुई स्थानका कार्यपालिकामा शून्यको स्थितिमा

ताप्लेजुङका ९ स्थानीय तहमा कार्यपालिका चयन हुँदा ५ पालिकामा नेकपा एकीकृत समाजवादी तथा २–२ पालिकाका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व शून्य भएको छ।

फक्ताङलुङ, सिदिङ्वा, सिरिजङ्गा, पाथीभरा याङवरक र आठराइ त्रिबेणी गाउँ कार्यपालिकामा नेकपा एसको प्रतिनिधित्व शून्य हुने छ भने पाथीभरा याङवरक र आठराइ त्रिबेणी गाउँ कार्यपालिकामा काँग्रेस तथा पाथीभरा याङवरक र मेरिङ्देन गाउँ कार्यपालिकामा माओवादी केन्द्रको प्रतिनिधित्व शून्यको स्थितिमा देखिएको छ।

समग्र ९ स्थानीय तहमा भने गठबन्धन ५ र नकेपा एमाले ४ स्थानीय तहको कार्यपालिकामा सुबिधाजनक बहुमतमा देखिएका छन्। १४ सदस्यीय कार्यपालिका रहेको पाथीभरा याङवरक गाउँ कार्यपालिकामा एमालेका १३ र स्वतन्त्र १ जनाले प्रतिनिधित्व गर्नेछन्। त्यहाँका स्वतन्त्र कार्यपालिका सदस्य काँग्रेस निकट हुन्।

१५ सदस्यीय सिदिङ्वा गाउँ कार्यपालिकामा एमालेका १०, माओवादीका २, काँग्रेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रका १–१ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन्। त्यहाँका स्वतन्त्र कार्यपालिका सदस्य माओवादी निकट हुन्। आठराइ त्रिबेणीको १३ सदस्यीय कार्यपालिकामा एमालेका १२ र माओवादी केन्द्रका १ जनाले प्रतिनिधित्व गर्नेछन्। सिरिजङ्गा गाउँपालिको १६ सदस्यीय गाउँ कार्यपालिकामा काँग्रेसका ७, माओवादीका ६, एमालेका २ र स्वतन्त्र १ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन्। त्यहाँका स्वतन्त्र काँग्रेस निकट हुन्।

१४ सदस्यीय मेरिङ्देन गाउँ कार्यपालिकामा एमालेका १०, काँग्रेसका ३ र नेकपा एसका १ जनाले प्रतिनिधित्व गर्नेछन्। १३ सदस्यीय मिक्वाखोला गाउँ कार्यपालिकामा काँग्रेसका ५, माओवादी केन्द्रका ४, एमालेका ३ र नेकपा एसका १ जनाले प्रतिनिधित्व गर्नेछन्। २१ सदस्यीय फुङलिङ नगर कार्यपालिकामा काँग्रेसका ९, माओवादी केन्द्रका ६, एमालेका ५ र नेकपा एसका १ जनाले प्रतिनिधित्व गर्नेछन्। १४ सदस्यीय कार्यपालिकामा मैवाखोलामा काँग्रेसका ६, माओवादी केन्द्रका ५, नेकपा एसका २ र एमालेका १ जनाको प्रतिनिधित्व रहने भएको छ।

१५ सदस्यीय फक्ताङलुङको कार्यपालिका सदस्यमा काँग्रेस ७, माओवादी ५, एमाले २ र १ जना स्वतन्त्रले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन्। त्यहाँका स्वतन्त्र भने एमाले निकट हुन्।

प्रकाशित: २० जेष्ठ २०७९ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App