पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ४ सय ९५ पुर्याएका हुन्।
हालसम्म ५२ हजार ८ सय १७ मत गणना सम्पन्न हुँदा आचार्यले २१ हजार ८ सय ८० मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत ल्याएर पछ्याईरहेका छन्।
त्यस्तै राप्रपाका शंकर खरालले २ हजार १ सय ८६ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार १ सय ८३ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन्। गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ९ मतले उछिनेकी छन्। एमालेकी गुरुङले २२ हजार १ सय ३१ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई नेपाली काँग्रेसकी कोपिला रानाभाटले २२ हजार १ सय २२ मत ल्याएर पछ्याईरहेकी छन्। राप्रपाकी रञ्जना सेनले १ हजार ९ सय ४९ मत प्राप्त गरेकी छन्।
प्रकाशित: ५ जेष्ठ २०७९ ०८:१० बिहीबार