१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

इलाम माईको मेयर-उपमेयरमा एमाले विजयी

मेयरमा विजयी खम्बासिंह लिम्बू र उपमेयर हिमा भण्डारी।

इलामको माई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का मेयर र उपमेयर विजयी भएका छन्। मेयरमा खम्बासिंह लिम्बू र उपमेयरमा हिमा भण्डारी विजयी भएका हुन्।

लिम्बू ८ हजार १ सय ३२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा (माओवादी)का उम्मेदवार धनबहादुर लिम्बूले ६ हजार ५ सय १५ मत ल्याएका छन्। उपमेयरमा एमालेकी भण्डारी ७ हजार ८ सय ७५ मत ल्याएर विजयी भइन्।

निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका हेमबहादुर लिम्बूले ६ हजार ३ सय ३६ ल्याएका छन्। १० वटा वडा रहेको माई नगरपालिकाको वडा १,३ र ६ का वडाध्यक्ष कांग्रेसले जितेको छ भने अरू सबैमा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०८:०८ बुधबार

इलामको माई नगरपालिका