भरतपुर महानगरपालिकाको मेयरमा सोमबार साँझसम्म पनि नेकपा एमालेका उम्मेदवार विजय सूवेदीले झिनो मत अग्रता लिइरहेका छन्।
सूवेदी आफ्ना निकतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनकी रेणु दाहाल भन्दा झिनो मतले अगाडि छन्। यो क्रम मतगणना सुरु भएदेखिनै चलिरहेको छ।
सूवेदीले सोमबार साँझसम्म ४ हजार ७ सय ५७ मत प्राप्त गरेका छन भने दाहालले ४ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन्। यी दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका बागी उम्मेदवार (स्वतन्त्र)बाट जगन्नाथ पौडेल छन्। उनले २ हजार १ सय ३१ मत प्राप्त गरेका छन्। चौथोमा विवेकशील साझाका प्रविन काफ्ले छन्। उनको खातामा १४ मत मात्र देखिएको छ।
प्रकाशित: २ जेष्ठ २०७९ ११:३० सोमबार