४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ। मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७.३० बजे सर्वदलीय बैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए।

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्ने गरी तयारी गरिएको उनले  बताए। सर्वदलीय बैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कुल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App