६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उम्मेदवार मनोनयनः ग्रामिण क्षेत्रका स्थानीय तहमा उत्साह

सिन्धुलीको सुनकोसी गाउँपालिकामा मनोनयन गर्न जादै कांग्रेस माओवादी।

उम्मेदवार मनोनयनको दोस्रो दिन ग्रामिण क्षेत्रमा उत्साह देखिएको छ। ग्रामिण क्षेत्रका स्थानीय तहमा उम्मेदवारी मनोनयनको दोस्रो दिन गाउँ क्षेत्रका स्थानीय तहमा उत्साहजन सहभागिताका साथ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

ग्रामिण क्षेत्रबाट कार्यकर्ताहरु जम्मा भएर पञ्जेबाजाँसहित उत्साहजनक सहभागितासहित सिन्धुलीको सुनकोसी गाँउपालिकामा मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गराउन नेकपा एमाले पहिले गएको निर्वाचन अधिकृतको कार्यालय सुनकोसी गाउँपालिकाले जनाएको छ।

नेकपा एमाले गठबन्धन दल भन्दा पहिलेनै गएर उम्मेदवारी दर्ता गराएको छ, निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले भनिन्, 'दिनभर हामी उम्मेदवारी मनोनयनमै व्यस्त भएका छौं।' उनले पहिलो दिन स्वतन्त्रसहित आठ जनाले दर्ता गराएपनि दोस्रो दिन गठबन्धन दल, नेकपा एमाले जनता समाजवादीसहितका दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।

सिन्धुलीको सुनकोसी गाउँपालिकामा गठबन्धन दलबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रकी दिपा बोहोरा दाहाल र नेपाली कांग्रेसबाट उपाध्यक्षमा कपिल कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष दाहाल यसअघि पनि सुनकोसी गाउँपालिकाकी विजेता अध्यक्ष हुन् भने कोइराला गाउँपालिका अध्यक्षमा झिनो मतान्तरणले पराजित भएका थिए।

यसअघिका दुई प्रतिस्पर्धी यसपटक गठबन्धनका कारण अध्यक्ष र उपाध्यक्षमा सयुक्त उम्मेदवारी दर्ता गराउन गएका थिए। पार्टीले सुम्पिएको जिम्मेवारी अनुसार आफू उपाध्यक्षमै मनोनयन गराउन राजी भएको उपाध्यक्षका उम्मेदवार कोइरालाले बताए। दलहरुले गाउँगाउँबाट आएका सयौं कार्यकर्तामाझ पञ्जेबाजासहित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै नेकपा एमालेको तर्फबाट सुनकोसी गाउँपालिकामा रोमनराज गिरीले अध्यक्षमा र हेमा अधिकारीले उपाध्यक्षमा दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयनको पहिलो दिन सुनसान रहेपनि दोस्रो दिन जिल्लाभर उत्साहजनक सहभागितासहित ठुला दलले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लाका अधिकांश स्थानीय तहमा नेकपा एमालेले पहिले उम्मेदवारी दिएका छन् भने गठबन्धन दल नेपाली कांग्रेस र माओवादीले ढिलो गरी उम्मेदवारी मनोनयन गराएका छन्। गठबन्धन दलबाट सिन्धुलीको कमलामाई नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेल र उप्रमुखमा नेकपा माओवादी केन्द्रका दिर्घराज श्रेष्ठलाई पार्टीले सिफारिस गरेको छ।

यस्तै दुधौलीमा नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी प्रमुख नेपाली कांग्रेस चन्द्रकिशोर थारुलाई उपप्रमुखमा पार्टीले सिफारिस गरेको छ। नेकपा एमालेबाट कमलामाई नगरपालिका प्रमुखमा महेन्द्रदेव श्रेष्ठ र उपप्रमुखमा मञ्जु देवकोटा छन्।

दुधौलीमा एमालेको तर्फबाट लक्ष्मण कार्की प्रमुख र उपप्रमुखमा बालकुमारी अधिकारी दनुवालाई पार्टीले सिफारिस गरेको छ। दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा १ नगरपालिकासहित पाँच ओटा स्थानीय तहमा कांग्रेस प्रमुख र १ नगरपालिकासहित ४ ओटामा नेकपा माओवादी प्रमुख रहनेगरी गठबन्धन दलले भागबण्डा गरेका छन्। 

प्रकाशित: १२ वैशाख २०७९ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App