६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरामा एमालेबाट मेयरमा कृष्ण र उपमेयरमा मञ्जुदेवीको उम्मेदवारी

पोखरा महानगरमा एमालेले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।  

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले बिहान राजीनामा दिएका थिए। एमालेले दीपक पौडेललाई दिइसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।

सुन चोरीको आरोपमा आलोचना भएपछि एमालेले पौडेललाई दिएको टिकट खोसेको हो। सुन चोरीमा पौडेल संलग्न भएको भनिएको झण्डै दश वर्षअघिको भिडियो सामाजिक सञ्जालमा हालिएको थियो। भिडियो हालेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।  

यसअघि टिकट पाएका पौडेल एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् भने सोमबार टिकट पाएका थापा खगराज अधिकारीपक्षका हुन्। थापालाई यसअघि मेयरमा हटाउन गुरुङले नै गण्डकीमा सरकार परिवर्तन हुन सक्ने भएकोले प्रदेश सांसदलाई मेयरको उम्मेदवार बनाउन नसकिने बताएका थिए। उपमेयरको उम्मेदवार बनेकी मञ्जुले यसअघि पार्टीको प्रस्ताव अस्वीकार गरेकी थिइन्।   

प्रकाशित: १२ वैशाख २०७९ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App