coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आफ्नै कार्यकर्ताबाट कुटिए गोरखा नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार

विश्वदेव श्रेष्ठ।

गोरखा नगरपालिकाको मेयरमा टिकट पाएका कांग्रेस जिल्ला सदस्य विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। गोरखा नगरपालिका ६ स्थित दिपक डिजिटल फोटो कलर ल्याबमा फोटो खिचाउन गएका उनलाई कार्यकर्ताहरुले जनमत नभएको व्यक्तिलाई पार्टीले मेयर टिकट दिएको भन्दै कुटपिट गरेका हुन्।

कार्यकर्ताको कुटपिटबाट उनको हातमा चोट लागेको छ। ‘फोटो स्टुडियो भित्रै आएर ड्यामका ड्याम हाने,’ श्रेष्ठले हातको चोट देखाउँदै भने। मनोनयन दर्ताका लागि फोटो खिचाउन आफू स्टुडियो आएको उनले बताए। कार्यकर्ताले किन कुटपिट गरे भन्नेबारेमा आफू अनविज्ञ रहेको उनले बताए।

गोरखा सदरमुकामको बैंकरोड आसपास धेरै युवाहरु भेला भएका छन्। उनीहरुले सक्षम अरु धेरै उम्मेदवार हुँदाहुँदै पार्टीले गलत निर्णय गरेको भन्दै आक्रोश पोखेका छन्। प्रहरीले बजार क्षेत्रको सुरक्षा सतर्कता बढाएको छ। कांग्रेसले अहिले सम्म नगर क्षेत्रमा कुनै पनि वडाको उम्मेदवारी दर्ता गराउन सकेको छैन। असन्तुष्ट कार्यकर्ताले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय र गोरखा नगरपालिका समितिको कार्यालयमा पनि तालाबन्दी गरेका छन्।

निर्णय सच्याउन असन्तुष्ट कार्यकर्ताले माग गरेका छन्। गोरखा नगरपालिकाको मेयरमा उनीसहित १० जना मेयरमा आकांक्षी थिए।

प्रकाशित: १२ वैशाख २०७९ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App