४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिम्स्टेकलाई सशक्त बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल (बिम्स्टेक) लाई नयाँ जीवन दिन आवश्यक रहेकामा जोड दिएका छन्। उनले सदस्य मुलुकहरूको साधन र स्रोतलाई एकतृत गर्नुपर्ने पनि बताएका छन्।

श्रीलंकामा जारी सम्मेलनलाई बुधबार भर्चुअल्ली सम्बोधन गर्दै उनले बिम्स्टेकले कोरोना महामारीले आर्थिक, सामाजिक तथा विकासका क्षेत्रमा पारेको दीर्घकालीन असरलाई सम्बोधन गर्दै सामान्य अवस्थामा फर्काउने सुनिश्चितता गर्नुपर्ने बताए। उनले यस क्षेत्रले सामना गर्नुपरेका चुनौतीबारे बोल्दै व्यापार तथा लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन तथा जनस्तरीय सम्बन्धलाई बिम्स्टेक सदस्यहरूले सामूहिक रूपमा विचार गर्नुपर्ने बताए।

उनले बुद्धिजम यस क्षेत्रको बलियो सम्पर्क सूत्र हुने बताउँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म जोड्नका लागि यथाशीघ्र बुद्धिस्ठ सर्किट सञ्चालनमा ल्याउन आग्रह गरे। उक्त सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का कोलम्बो पुगेका छन्। यसैबीच परराष्ट्रमन्त्री खड्काले बुधबार श्रीलंकाका राष्ट्रपति गोटावय राजापाक्षसँग भेट गरेका छन्।

राष्ट्रपति कार्यालयमा भएको भेटमा राष्ट्रपति राजापाक्षले दुई देशबीचको लामो समयदेखिको सुमधुर सम्बन्धबारे स्मरण गर्दै दुई पक्षीय हितका लागि आर्थिक सम्बन्धलाई अझ बलियो बनाउनु पर्ने बताएका थिए।

प्रकाशित: १७ चैत्र २०७८ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App