५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाईको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाईको काम प्रारम्भ हुने बताए। उनले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालाहरुलाई जारी गरिने बताए।

समिति सभापति कर्णले भने, ‘आज सर्वोच्च अदालतका न्यायधीशको पदमा न्यायपरिषद्बाट विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएर आएको छ। त्यसको लागि आज प्रथम बैठक बसेको हो। प्रथम बैठकमा हामीले संसदीय सुनुवाईको कार्यविधिअनुसार १० दिनको सूचना हामीले जारी गर्नुपर्छ। जनरल पब्लिक लगायत सबै सरोकारवालाहरुसँग त्यो सूचना जारी गर्ने आज हामीले निर्णय गर्‍यौं। भोलिदेखि सूचना जान्छ। र १० दिनभित्रमा यो आएपछि हामी बसेर सुनुवाईको काम प्रारम्भ गर्नेछौँ।’ सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने बताए। 

प्रकाशित: ३० फाल्गुन २०७८ ०९:०९ सोमबार

संसदीय सुनुवाई समिति सर्वोच्च अदालत न्यायाधीश तिलप्रसाद श्रेष्ठ