नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेको निर्णयको विरोध गरेका छन्। पार्टीनिकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न समेत गरे।
उनले भने, ‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे, किन राख्ने? यदि हो भने कुन हिसाबले राख्ने? यो धार्मिक हिसाबले राख्ने हो? कुन हिसाबले राख्ने हो?’
सोही क्रममा उनले आयोगको उक्त निर्णयलाई आधारहिन बताउँदै सच्याउन आग्रह समेत गरे।
प्रकाशित: २४ फाल्गुन २०७८ १२:०४ मंगलबार