५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टी कार्यालयमा हमला गर्नेविरुद्ध प्रतिरोध गर्ने युवा संघको चेतावनी

राष्ट्रिय युवा संघ नेपालले नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतको कार्यालयमा आक्रमण गर्ने विरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएको छ। 

संघले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दे कारवाही नगरे प्रतिरोधमा उत्रने चेतावनी दिएको हो । संघका संयोजक किरण पौडेलद्वारा जारी प्रेस वक्तव्यमा फागुन १६ गते (सोमबार) भएको उक्त आक्रमणलाई अपराधिक तथा अराजकताको पराकाष्टाका रुपमा प्रस्तुत गरिएको हो।

‘नेपाल कम्युनिष्ट पार्टी लगायत ६ दलहरूले गरेको कथित नेपाल बन्दका क्रममा नेकपा ९एमाले० सुर्खेत जिल्ला कमिटीको कार्यालयलाई लक्षित गरी आक्रमण मर्ने दुस्प्रयासको घटनाप्रति राष्ट्रिय युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ,‘नेपाली समाजको प्रगतिशील रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरी समृद्ध नेपाल, सुखी नेपालीको आघार तयार गरिरहेको, शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको तथा हाल प्रतिपक्षमा रहेको देशभक्त, जनवादी र क्रान्तिकारी पार्टी नेकपा (एमाले) को सुर्खेत जिल्ला कार्यालयमा आक्रमण गर्नु मलेको आपराधिक एवं अराजकताको पराकाष्टा हो।’

युवा संघका स्वास्थ्य विभाग प्रमुख निरोज पौडेलले सरकारले दोषी उपर छानवीन गरी कारवाहीको प्रकृया अघि नबढाए युवा संघले जस्तोसुकै स्थितिको सामाना गरेर भएपनि प्रतिरोध गर्ने बताए। ‘नियोजित रुपमा एमालेमाथि आक्रमण हुन थालेको छ, मुलुकको ठूलो लोकतान्त्रिक पार्टीमाथि नियोजित रुपमा गरिएको आक्रमणलाई युवा संघले टुलुटुलु हेरेर बस्दैन’, स्वास्थ्य विभागका प्रमुख पौडेलले भने।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल यस अराजक तथा आपराधिक घटनाप्रति घोर विरोध र भत्र्सना गर्दै यस्ता खाले गतिविधि गर्नेलाई पहिचानगरी कडाभन्दा कहा कारबाही गर्न मागसमेत गरेको छ। साथै, नेकपा (एमाले) का विरूद्ध भइरहेको चौतर्फी प्रतिक्रियावादी घेरावन्दी र पार्टी कार्यालयको आक्रमणप्रति सशक्त प्रतिवादमा उत्रिन मातहत कमिटीलाई निर्देशन पनि दिएको छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App