१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद्‌बाट एमसीसीमाथिको व्याख्यात्मक घोषणा बहुमतले स्वीकृत

प्रतिनिधिसभाको बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणामाथि छलफल चलिरहेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको एमसीसीमाथिको व्याख्यात्मक घोषणा तल्लो सदनले छलफलका लागि बहुमतले स्वीकृत गरेसँगै छलफल सुरु भएको हो।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री शर्माले पेश गरेको एमसीसीमाथिको १२ बुँदे व्याख्यात्मक घोषणासहितको अनुमोदन प्रस्ताव बैठकमा टेबल गरेपछि छलफल सुरु भएको हो।

यसअघि संसद् भवनमै बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौताको विषयमा व्याख्यात्मक घोषणा पारित गरेको थियो। मन्त्रिपरिषद्बाट पारित घोषणासहित अर्थमन्त्री जर्नादन शर्माले एमसीसी सम्झौता संसद्बाट पारित गरियोस् भन्ने प्रस्ताव राखेपछि विस्तृत छलफल सुरु भएको हो।

प्रकाशित: १५ फाल्गुन २०७८ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App