६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादी सैद्धान्तिक छलफलमा सहभागी हुने तर बिरोध गर्ने

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ।

आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफनो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ।

‘आजवाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संसोधन बिना एमसीसी पारित गर्न हुदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो? त्यो संसदवाटै थप जानकारी दिने योजना राखिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App