६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसी संसदमा पेश हुनु जनता र संसदको अपमान हुनु हाे: भीम रावल

नेकपा (एमाले) का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेश हुनु नेपाली जनता र संसदको अपमान भएको बताएका छन्। प्रतिपक्ष दलले संसद अवरोध गरिरहेको र सत्तारुढ दलहरुकाबीचमा समेत सहमती नजुटेको अवस्थामा पेश हुनु आपत्तिजनक भएको उनले उल्लेख गरे।

उनले भने – ‘जुन विषय नेपालको स्वाधिनतासँग सम्बन्धित छ। नेपालको स्वाभिमान सँग सम्बन्धित छ। नेपालको आत्मनिर्णयको अधिकारसँग सम्बन्धित छ। यति गम्भिर विषयमा प्रमुख प्रतिपक्ष नेकपा(एमाले)ले संसद अवरोध गरिरहेको, सरकारमा रहेका प्रमुख राजनीतिक दलहरुका बीचमा सहमती नभइरहेको अवस्थामा यसरी नेपाली जनताको भावना विपरित, नेपालको स्वाधिनता विपरित, नेपाली जनता सडकमा छन् आज। राष्ट्रिय स्वाधिनताको आवाज उठाइरहेका छन्।

यो टेबल गरिने कुरा अत्यन्त आपत्तिजनक छ। यो कुन कानून अन्र्तगत राख्नुभाछ, यसका लागि संघीय कानून खोई ? यो देश कानूनी शासनबाट चल्छ  कि एउटा कुनै विदेशीको धाक, धम्कीको अगाडी लम्पसार परेर, नेपाली जनताको आवाजलाई कुल्चेर आफ्ना जनताको आवाज नसुन्ने, विदेशीहरुसँग डराउनुपर्ने त्रसित हुनुपर्ने तर्क दिएर। कतिपय देशमा यस्तै संसदको निर्णयबाट देशका सिमानाहरु मेटिएका छन्। जसरी आज यो विषयलाई टेबल गरिदैछ, जस्तो बातावरणमा टेबल गरिदैछ। यो एकदमै आपत्तिजनक छ। यो स्वतन्त्र, स्वाधिन, सार्वभौम नेपाली जनताको अपमान हो। यो संसदको अपमान हो।’

प्रकाशित: ८ फाल्गुन २०७८ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App