१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा फेरि स्थगित

कोरोना भाइरसको सम्भावित जोखिम कायमै रहेको भन्दै संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक कोरोना महामारीलाई कारण देखाउँदै स्थगित गरिएको हो।

संघीय संसद्का महासचिव भरतराज गौतमले शनिबार विज्ञप्ति जारी गर्दै अर्को बैठकको मिति आगामी माघ २६ गतेका लागि तय गरेको जनाएका छन्। यसअघि शनिबार नै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। गत पुस ६ गतेदेखि सुरु भएको संसद् बैठक त्यसपछि पुस ७ गते बसेको थियो। त्यसपछि बैठक बस्न सकेको छैन।

प्रकाशित: १६ माघ २०७८ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App