२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्वारा शपथ ग्रहण

नेकपा एमाले ताप्लेजुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले मंगलबार शपथ ग्रहण गरेका छन्। नवनिर्वाचित अध्यक्ष भूपेन्द्र थेबेलाई निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज मेन्याङ्वोले र अन्य पदाधिकारी तथा सदस्यलाई नवनिर्वाचित अध्यक्ष थेबेले शपथ ग्रहण गराए।

११ औं जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानको मत परिमाण मंगलबार बिहान सार्वजनिक भएको थियो। निर्विरोध चयन भएका ६१ जिल्ला सदस्य तथा निर्वाचनमार्फत् आएका ५ पदाधिकारी र २४ सदस्यलाई थेबेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। 

सो अवसरमा अध्यक्ष थेबेले लोकतान्त्रिक प्रणाली निर्वाचनमार्फत् नेतृत्व चयनको क्रममा र अन्य विभिन्न कारणले जिम्मेवारीमा समेटिन नसकेका राजनीतिक नेताहरुलाई नवनिर्वाचित कमिटीले समेटर एमालेलाई एकताबद्द पार्टीको रुपमा अघि बढाउने प्रतिबद्दता जनाए।

प्रकाशित: २७ पुस २०७८ ११:२५ मंगलबार

एमाले