१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले रसुवाको नयाँ कार्यसमिति चयन

नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठौं जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

तामाङले दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका हुन्। यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ। जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिए। 

प्रकाशित: २५ पुस २०७८ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App