१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन

नेकपा एमालेको आठौं महाधिवेशन अन्तर्गत कर्णालीका १० जिल्ला मध्ये शनिबार बेलुकासम्म दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र सल्यानमा सर्वसम्मत नेतृत्व चयन भएको हो।  

शाहका अनुसार एमाले डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन्। यस्तै सल्यानको अध्यक्षमा गोविन्दकुमार पुन चयन भएका छन्। ‘दुबै जिल्लामा अध्यक्षदेखि सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्,’ उनले भने, ‘सबै पदाधिकारी र सदस्यहरुको विवरण भने आइसकेको छैन।’ अध्यक्ष शाहका अनुसार बाँकी रहेका आठ वटै जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गइरहेको छ। ‘सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयन्त गरिरहेका छौं,’ उनले भने, ‘सहमति नभए पार्टीको आन्तरिक चुनाव हो, निर्वाचन प्रक्रियामा पनि जान सक्छ।’

प्रदेश राजधानीसमेत रहेको सुर्खेत जिल्लामा एमालेको बन्दसत्र सकिएको छैन। राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदनमाथि छलफल सकिएको छ,’ एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले भने, ‘अब नेतृत्व चयनको प्रक्रियामा अघि बढेका छौं।’ उनले सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताए। एमाले सुर्खेतमा आकांक्षीहरु भने धेरै छन्। वर्तमान अध्यक्ष ध्रुवकुमार शाहीसँगै पार्टी उपाध्यक्ष अमृत विसी, डण्डीप्रसाद शर्मा र कूलमणि देवकोटा अध्यक्षका आकांक्षी छन्।  

यस्तै दैलेखमा पनि अध्यक्षका आकांक्षी धेरै छन्। वर्तमान अध्यक्ष रविन्द्रराज शर्मासँगै सूर्यबहादुर शाही, प्रेम थापालगायत अध्यक्षका आकांक्षी छन्। कालिकोटमा शनिबार मात्रै जिल्ला अधिवेशन उद्घाटन भएको छ। ‘अधिकांस जिल्लाको आइतबारसम्म नेतृत्व चयन भइसक्छ,’ प्रदेश अध्यक्ष शाहले भने, ‘दुई–तीन वटा जिल्लामा भने केही समय लाग्ने वा निर्वाचन हुने अवस्था आउन सक्छ।’

प्रकाशित: २४ पुस २०७८ १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App