१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले प्रदेश सम्पर्क कमिटीहरुको अधिवेशन पुस ३० गते

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को अधिवेशन पुस ३० गते शुक्रबार राजधानीमा हुने भएको छ। अधिवेशनको उदघाट्न पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिने जनाइएको छ।  

एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ देखि ७ सम्म नै त्यहीदिन राजधानीका फरकफरक सात ठाउँंहरुमा अधिवेशन हुने जनाइएको छ। तर पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली भौतिक रुपमा पार्टी प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को प्रथम अधिवेशन स्थल रोयल बंैक्वट तीनकुने काठमाडौंमा सहभागी हुने तय भएको प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का अध्यक्ष एवं सम्पर्क समन्वय कमिटीका सचिव इन्द्र भण्डारीले जानकारी गराए।

प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का सचिव नन्दकुमार राईले अधिवेशनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का प्रतिनिधि व्यवस्थापन समितिका सदस्य नवराज घिमिरेले अधिवेशनका लागि प्रदेश नं १ का प्रतिनिधिहरुको छनौट अन्तिम चरणमा पुगेको जानकारी गराए।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी पाँंच जना पदाधिकारीसहित ७५ जनाको कार्यसमिति चयन हुने पनि कमिटीका अध्यक्ष एवं सम्पर्क समन्वय कमिटीका सचिव भण्डारीले जानकारी गराए।

एमालेको भौगोलिक रुपमा प्रदेश १ देखि ७ सम्मको संगठनका साथै पार्टीमा संगठित सदस्य भई काठमाडौंमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरेकाहरुको छुटै पार्टी प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ देखि ७ सम्म कमिटी छ। त्यसमा प्रदेश नं १ मा उक्त प्रदेशमा रहेका तर काठमाडौमा बसोबास गरिरहेका संगठित सदस्यहरु सदस्य रहन्छन् भने अन्यमा पनि सोही अनुसार सदस्यहरु हुने गर्दछन्।

प्रकाशित: २२ पुस २०७८ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App