५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लोसपामा न दलको नेता चयन न बैठक

पाँच महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म एकपटक पनि कार्यकारिणी समितिको बैठक बोलाएको छैन। उसले संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन।

जनता समाजवादी पार्टीबाट अलग भई महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेता निर्वाचन आयोगमा गएर लोसपा दर्ताका लागि निवेदन दिएका थिए। त्यसको ९ दिनपछि आयोगले उसलाई दल दर्ताको मान्यता दिएको थियो।

सरकारले दल विभाजन गर्न सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर, महतो पक्षधर नेताहरूलाई नयाँ दल दर्ता गर्न सजिलो भएको थियो। देउवा सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति या संसदमा २० प्रतिशत सदस्य भए दल फुटाउन सक्नेगरी अध्यादेश ल्याएको थियो। उपेन्द्र यादवसँग मिलेर बस्नै नसक्ने अवस्थामा पुगेका ठाकुर र महतोलाई सरकारले ल्याएको अध्यादेशले निकै राहत पुर्‍याएको थियो।  

आयोगमा लोसपाले ३१ सदस्यीय कार्याकारिणी समितिका सदस्यहरूको सूची बुझाएको छ। त्यसमध्ये राजकुमार लेखी लोसपा त्यागी नेकपा (एमाले)मा प्रवेश गरेका छन् भने रेशम चौधरी लोसपा छाडेर नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा छन्। आयोगमा बुझाएको सूचीबाहेक लोसपाले थप अरू कमिटी गठन गर्न सकेको छैन। केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समितिसमेत गठन गरिएका छैनन्। पार्टीका भ्रातृ संगठन पनि गठन गरिएका छैनन्।

लोसपाका कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले पार्टी गठन भएदेखि अहिलेसम्म लोसपाको एकपटक पनि बैठक बस्न नसकेको स्वीकार गरे। यसबारेमा सोधिएको जिज्ञासामा उनले भने, ‘बैठक किन बस्न सकेन भन्नेबारेमा अध्यक्षज्यूलाई सोध्नुहोस्। मलाई जानकारी छैन।’ लोसपाको यस्तो गतिहीन अवस्था यसको संसदीय दलमा पनि छ। लोसपाका नेताहरूले ५ महिनाभन्दा बढी हुँदा पनि दलको नेता चयन गर्न सकेका छैनन्। स्रोतका अनुसार दलको नेता ठाकुर चयन गर्ने कि महतोलाई चयन गर्ने भन्नेबारेमा गम्भीर विवाद छ। ठाकुर आफैं दलको नेता चयन हुन खोजेका छन्। यता महतोले पनि दलको नेतामा दाबी गरेका छन्।

गत जेठमा, जसपाभित्र विवाद भइरहेको बेला ठाकुर, महतो पक्षधर सांसदहरू भक्तपुरमा छुट्टै बैठक बसेर महतोलाई दलको नेता चयन गरेका थिए। त्यसपछि जसपाभित्रको विवाद अरू बढेको थियो। उपेन्द्र यादव पक्षधर नेताहरूले महतोलाई दलको नेता स्वीकार नगर्ने बताएका थिए। महतोनिकट नेताहरूले उक्त बैठकलाई आधार मानेर महतोलाई नै दलको नेता चयन गर्नुपर्ने अडानमा छ्न। ‘उहाँ (ठाकुर)ले हस्ताक्षर गर्नु भएको माइन्युनिटङमा महतोजीलाई दलको नेता चयन गर्ने सहमति गरिएको छ। यो विषय टुंगिसकेको विषय हो,’ महतोनिकट एक नेता भन्छन्। तर ठाकुरनिकट नेताहरू दलका नेता ठाकुर नै भएको बताउँछन्।

ठाकुरनिकट एक नेता भन्छन्, ‘पार्टी विभाजन हुँदा महतोलाई साथ दिने सांसद तथा नेताहरूले पार्टी विभाजनपछि महतोको साथ छाडिसकेका छन्।

प्रकाशित: १९ पुस २०७८ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App