७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

तीन मन्त्रालयमा मुख्यमन्त्रीको छड्के

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार तीन वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन्। मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खड्के अनुगमन गरेका हुन्।

छड्के अनुगमनका क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निर्वतमान मन्त्री नन्दसिंह बुढाको फोटो र नेमप्लेट र भौतिक पूर्वाधार विकास मन्त्रालयमा निर्वतमान मन्त्री अम्मरबहादुर थापाको नेमप्लेट यथावत राखेको पाइएको थियो।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवनबहादुर शाहीको फोटो राख्नुपर्नेमा पूर्व प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको फोटोलाईनै प्रयोगमा ल्याइरहेको पाइएको थियो।

तीन वटै मन्त्रालयमा अधिकांस कर्मचारीहरु अनुपस्थित थिए। चिसोको बहाना बनाएर कर्मचारी मन्त्रालयमा ढिलो उपस्थित भएका, केही जानकारीविनै मन्त्रालयमा नआएको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। अधिकांश कर्मचारीले चिसोको बहाना बनाएका थिए।

मुख्यमन्त्री शाहीले समयको व्यवस्थापनमा ध्यान दिन कर्मचारीहरुहलाई निर्देशन दिएका थिए। ‘समय पैसा हो, समय जीवन हो,’ उनले भने, ‘बहाना बनाएर समय टार्ने छुट कसैलाई छैन्।’

मुख्यमन्त्री शाहीले मातहतका मन्त्रालय, महाशाखा, जिल्ला कार्यालय, विकास योजना, सार्वजनिक सरोकारका क्षेत्रको नियमित छड्के अनुगमन गर्दै आएका छन्।

प्रकाशित: १४ पुस २०७८ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App