१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसिसी पारित भए समानान्तर सरकार बन्ने: एमाले नेता रावल

नेकपा (एमाले) का नेता भीम रावलले एससिसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन्।

एमाले नेता रावलले एमसिसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरे। शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका  

उनले एमसिसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिए। नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौंता मान्न नसक्ने अडान पनि दोहोर्याए। उलने एमसिसी सम्झौंता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताए। नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाई छ।

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्विकार्य हुनै नसक्ने बताए।

प्रकाशित: १० पुस २०७८ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App