६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

टुंग्याइयो शेखर कोइरालाको टिममा रहने पदाधिकारीको नाम

नेपाली कांग्रेसको काठमाडौंँमा जारी १४ औं महाधिवेशनमा आगामी नेतृत्वका लागि रस्साकस्सी चलिरहेको बेला सभापतिमा उम्मेदवार दिएका शेखर कोइरालाले आफ्नो टीममा रहने पदाधिकारीको नाम टुंग्याएको छ।

नेताहरुबीचको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी रहने गरी नाम टुंग्याएको हो।  

यस्तै सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँको नाम टुंग्याएको हो। उनीहरु केही बेरमा राष्ट्रिय सभागृहमा पुग्ने भएका छन्।

प्रकाशित: २५ मंसिर २०७८ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App