१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

बिजयी नेतालाई शुभकामना दिँदै लालबाबुले लिए कार्यकारी पदबाट बिदा

नेकपा एमालेका नेता लालबाबु पण्डितले सम्पूर्ण कार्यकारी पदबाट बिदा लिने घोषणा गरेका छन्। पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गरेका थिए।

केन्द्रीय कमिटीमा पण्डित प्रस्ताव भएपछि अस्वीकार गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै सम्पूर्ण कार्यकारी पदबाट बिदा लिने घोषणा गरेका हुन्। उनले महाधिवेशन नसकिँदै बिजयी नेतालाई शुभकामना समेत दिएका छन्।

उनले लेखेका छन्, 'आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।'

प्रकाशित: १३ मंसिर २०७८ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App