६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँके क्षेत्र २ को सभापतिमा गुप्ता पुनः निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता पुनः निर्वाचित भएका छन्। स्थानीय भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापतिसहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। गुप्ताले २३९ र निकटतम प्रतिद्वन्द्वी बिरेन्द्र शाहले १९१ मत प्राप्त गरे।

यस्तै सचिवमा सुनिल सिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष वर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याएका छन्। यस्तै तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको मतदान अधिकृत गोपाल गिरीले नागरिकलाई जानकारी दिए। सभापतिसहित सचिव र सह(सचिवमा पनि गुप्ता प्यानल कै निर्वाचित भएका छन्।

उक्त क्षेत्रमा रहेका कुल ४ सय ५१ जना मतदाता मध्ये ४ सय ४० मत खसेको थियो। गुप्ता र शाह दुबै संस्थापन पक्षका हुन्। तर, शाहलाई संस्थापन इतर (कोइरालारपौडेल) पक्षको समर्थन रहेको थियो। गुप्तालाई भने संस्थापन पक्षले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा अगाडि सारेको थियो।

प्रकाशित: ११ मंसिर २०७८ ०८:४१ शनिबार

बाँके क्षेत्र २ सभापति नेपाली कांग्रेस