१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

विजय गच्छदारले सहमतिको बाहनामा चुनाव रोकेपछि नाराबाजी

नेपाली काँग्रेस पार्टी उपसभापति विजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं.३ मा क्षेत्रीय समिति र महाधिवेसन प्रतिनिधि चयनमा सहमतिको बाहनामा आलटाल गरेर चुनाव रोकेपछि नाराबाजी भएको छ। उपसभापति गच्छदारले सबै पदमा सर्वसहमत सहमति गर्ने बाहनामा मंगलबार तोकिएको निर्वाचनको मिति मतदान अधिकृलाई भनेर स्थगीत गर्दै आएपछि अहिले नाराबाजी भइरहेको हाे।  

दुहवी रंगशालाको मतदान केन्द्रमा अहिले नाराबाजी भइरहेको छ। चाँडो मतदान गर्न माग गर्दै उपस्थित मतदाताले नारावाजी गरेका हुन्। गच्छदारले सहमतिको प्रयास गरेपनि सम्भव भएका छैन।  मतदान अधिकृत देववनारायण यादवले भने निर्वाचन गराउन निर्वाचन समिति तयार रहेपनि उम्मेदवारका प्रतिनिधी नै मतदान केन्द्रमा नभएको बताए। ‘हाम्रो निर्वाचन टीम त आज बिहान ८ बजे नै सम्पूर्ण कागजात लिएर आइ सकेका छौ, उम्मेदवारका प्रतिनिधी नै कोही नभएपछि कसरी निर्वाचन गराउने?’ उनले भने। उम्मेदवारका बिना प्रतिनिधी निर्वाचन गराउन नसकिने उनले जिकिर गरे।  

२०४८ सालयता भएका हरेक संसदीय र संविधानसभा निर्वाचनमा चुनाबी प्रतिस्पर्धामा विजयी हुँदै आएका गच्छदारले आफ्नो अनुकुल केन्द्रीय महाधिवेसन प्रतिनिधी र क्षेत्रीय सभापति चयन गर्न खोज्दा सहमति जुटन सकेको छैन।

प्रकाशित: ९ मंसिर २०७८ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App