११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपाध्यक्ष रावलद्वारा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

रावलले आफूले पार्टीको यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

आफूले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको पनि रावलको भनाइ छ।

रावलले आफूले देखाउनको लागि मात्रै उम्मेद्वारी घोषणा नगरेको जिकिर गरे। उनले भने, ‘पहिलो कुरा त यो कुनै सञ्चारमाध्यमका साथीहरुलाई या जनसमुदायलाई देखाउनको लागि उम्मेद्वारी घोषणा गरेको भन्ने हुँदै होइन किनभने अब साँच्चिकै भन्नुहुन्छ भने हाम्रो पहिले पहिलेको महाधिवेशन हेर्नुहुन्छ भने उम्मेद्वारी दिन एकदमै ढिला भैसकेको छ। त्यसकारण यो कुनै देखाउनको लागि नभई अब महाधिवेशनको पूर्वसन्ध्यामा साँच्चिकै उम्मेद्वारी दिनको लागि नै यो गरिएको कुरा हो। यो देखाउनको लागि भन्ने कुरा चाहीँ होईन। त्यो गलत कुरा हो। पछि के गर्नुहुन्छ भन्नुभयो, यो मेरो राजनीतिक घोषणा हो, अब महाधिवेशनको थलोमा गैसकेपछि त्यसको प्रक्रिया त्यहाँ आरम्भ होला, या कहीँबाट आरम्भ भएपछि मैले त्यहाँ आफ्नो नामांकन दाखिला गर्नुपर्छ। म त्यो दिशामा अगाडि बढ्छु।’

प्रकाशित: ५ मंसिर २०७८ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App