६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस अधिवेशन : इलामका प्रदेशसभा क्षेत्रमा संस्थापन पक्ष कमजोर

जिल्लाका प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको संस्थापनइतर पक्ष बलियो देखिएको छ। ४ क्षेत्रको पार्टी नेतृत्व चुन्दा ३ क्षेत्रका सभापतिमा संस्थापनइतर पक्षले बाजी मारेको छ भने एउटा क्षेत्रमात्र संस्थापन पक्षले जितेको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को (ख)मा निस्कल राई सभापति निर्वाचित भए । क्षेत्र २ को (क)मा गोपाल चौहान र (ख)मा खगेन्द्र लिम्बू निर्वाचित भएको कांग्रेस जिल्ला समितिले जनाएको छ। राई, चौहान र लिम्बू तीनै जना संस्थापनइतर पक्षका मानिन्छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को (क)मा मैला लिम्बूले सभापति जितिन्। उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षकी मानिन्छिन्। पार्टी सभापतिमा संस्थापन र इतर पक्ष देखिएपनि कार्य समितिमा मिश्रित उम्मेदवार नै विजयी भएको कांग्रेसजनले जनाएका छन्।

पार्टी केन्द्रमा मुख्यगरी संस्थापन र इतर दुई पक्ष देखिएपनि जिल्ला नेतृत्वका लागि चाहिँ अहिलेसम्म ४ जनाको नाम चर्चामा छ। पार्टी सभापति हिमालय कर्माचार्य, पूर्वसभापति केशव थापा, नेताहरू भेषराज आचार्य र डम्बर खड्का जिल्ला सभापतिका प्रत्यासी छन्।

यीमध्ये थापा र खड्का देउवा पक्षका मानिन्छन् भने आचार्य र कर्माचार्य इतर पक्षका। जिल्लामा प्रदेश निर्वाचन क्षेत्रको नेतृत्वका लागि पनि चारै प्रत्यासीले आफूनिकट उम्मेदवारको प्यानल बनाएका थिए।

प्रदेशसभा निर्वाचनमा विजयी मैया लिम्बूू खड्कानिकट र बाँकी तीनै सभापति जिल्लामा आचार्यनिकट मानिन्छन्।  प्रदेशसभा क्षेत्रको प्रतिनिधिमा पनि मिश्रित नतिजा नै आएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि आउँदो ६ गते र जिल्ला नेतृत्वका लागि १० गते अधिवेशन हुँदैछ।

 

प्रकाशित: ५ मंसिर २०७८ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App