२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेः वरिष्ठ अधिवक्ता भण्डारी

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको बताएका छन्। बिहीबार सर्वोच्च अदालत प्राङ्गणमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले सो कुरा बताएका हुन्।

विरोध कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानन्यायाधीश देशद्रोही गिरोहको मान्छे भएको आरोप लगाउँदै यस्तो प्रधानन्यायाधीश नचाहिएको बताए।

उनले भने,‘सेटिङ गर्ने प्रधानन्यायाधीश, भ्रष्टाचारी प्रधानन्यायाधीश हामीलाई चाहिँदैन। एउटा गिरोह प्रजातन्त्रलाई, गणतन्त्रलाई सखाप पार्ने षड्यन्त्रको रुपमा अगाडि बढीरहेको छ। गिरोहमा छन्। प्रजातन्त्रलाई समाप्त पार्ने सेटिङमा छन् यिनी। त्यसैले यिनलाई ननिकालिकन न्याय पाउँदैन। हामी मर्न तयार छौँ, त्यसमा चिन्ता नगर्नुहोला हामी छोड्दैनौँ। यिनी देशद्रोहीका मान्छे हुन्। गिरोहका मान्छे हुन्।’

सर्वोच्चमा भएको विरोध प्रदर्शनमा बिचौलियाको नाइके राजीनामा दे, भ्रष्टाचारी नाइके राजीनामा दे, नेपाल बार जिन्दावाद, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, प्रहरी आतंक बन्द गर, हाम्रो आन्दोलन जारी छ भनि नाराबाजी समेत भएको थियो।

प्रकाशित: २५ कार्तिक २०७८ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App