६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

चार प्रजातन्त्र सेनानीलाई सुवर्ण स्मृति सम्मान, अर्थशास्त्रमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

सुवर्ण  स्मृति परिषद्ले ४ प्रजातन्त्र  सेनानीहरुलाई सुवर्ण स्मृति सम्मान प्रदान गरेको छ। ४४ औं सुवर्ण  स्मृति दिवसको अवसरमा परिषद्ले गरेको कार्यक्रममा प्रजातन्त्र सेनानीहरु स्नेहलता श्रेष्ठ (ललितपुर), राजेश्वर  नेपाली (जनकपुरधाम), उत्तमनारायण श्रेष्ठ (काठमाडौँ) र तीर्थलाल श्रेष्ठ (काठमाडौँ) लाई सुवर्ण  स्मृति सम्मान प्रदान गरिएको हो।

सोही अवसरमा त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषय लिई स्नातकोत्तर तहको परीक्षामा प्रथम हुने एकजना विद्यार्थीलाई दिइँदै आएको रु. २५ हजार नगद सहितको सुवर्ण स्मृति पुरस्कार डोटीका नरेन्द्रराज पनेरुलाई प्रदान गरिएको छ।

यसैबीच परिषद्को आठौं अधिवेशनले उद्धब ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा जगत राज शाक्य, महासचिवमा श्रीभद्र ओझा, कोषाध्यक्षमा केशबनन्द जोशी र सचिवमा सरु बानियाँ र सह कोषाध्यक्षमा उर्मिला  डंगोल चयन भएका छन्।

समितिको सदस्यहरुमा रोशना शाक्य, गीता सत्याल, रीशा श्रेष्ठ, सुशील श्रेष्ठ र शशीधर पोखरेल चयन भएका छन्।

प्रकाशित: २४ कार्तिक २०७८ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App